Saturday, March 26, 2011

About Thalajung Village



  Thalajung Gorkha
Post By.Bikash Grg

ThalajungThalajung is a village development committee located in Gorkha district, Gandaki Zone, in the administrative map of Nepal. The village is accessible by two graveled roads that meet at Thalajung Bhanjyang, which stretches north up to Bhachek and Barpak villages. The first one diverges at Abu Khaireni from Prithivi highway, from where it follows a graveled road along the banks of Daraudi river up to Siranchok danda where the village is located. The next road starts at Dumre along the Marsyangdi valley en route the old bazaars like Bhansar, Turture, Palungtar, Salletar and Borang khola. The newly dug stretch of this road from Borang khola across the historic Chepe river banks, where the Shah Kings of Lamjung and Gorkha fought wars over territorial claims, winds up to Thalajung Bhanjyang near the village.
ThalajungThalajung village lies on the eastern flank of Siranchok dada at a height of 2000 meters. The main inhabitants of the village are Gurungs. The village is surrounded by forts or Kots such as Siranchok or Shreenath Kot, Lig Lig Kot, Rainas Kot, Taku Kot, Azir Kot that dates back to a period when Nepal was divided into 22 and 24 tribal states until the unification of Nepal by Prithivi Narayan Shah. Majestic views of Mount Manaslu, Annapurna, Himchuli, Ganesh and Lamjung are seen from this village. Its perfect hilly location, natural setting, good weather makes this place very suitable for the development of village tourism, tea and coffee plantation, a resort town, and a gateway to trekking in Manaslu conservation area.
ThalajungParagliding from Siranchok danda below Marsyangdi and Chepe river valley, rafting and canoeing in Chepe river, pilgrimage to Dudh pokhari, and treks to Tsum valley, Barpak, and Laprak villages along the Manaslu circuit trail provides immense tourism opportunities in this region. Like all other villages in Nepal, people from this village have migrated to cities for better opportunities. Now what makes this village a beautiful hill station, a cultural and natural heritage spot, will depend on the cooperation between those who left the village and those who chose to remain due to various reasons. The future of Thalajung village depends on its people as the old folks used to say, " afno gau afai banau ".
Article by: Bikash Gurung (Sirchour-4, Gorkha)

Manas

25 March 2011

World Premiere - Yatri by Manas Ghale

Best Blogger Tips
!!!!HERE IT IS!!!!


I unveil to you, Manas Ghale aka Loorey from Nepsydaz's first ever solo music video YATRI. This video marks the debut of Laxcha Thebe Bantawa; founder of NepUNITY as a music video director. Here are few words that she shared with me regarding the video:

It was a group of young people getting together doing what we all love to do.
Bryan & Calvin are photographers. None of us had shot a music video before. We are not part of any industry. We had no sponsors - no budget!
We made this simply because of passion and that's why this video is such an amazing achievement for all of us. 
Yatri has its own pragmatics because it is based on Manas' true life story; however the making of 'Yatri' also has its own story - and that is 'follow your dreams'. This is also the reason why we featured Battlenutz, Duke & Chronicz because they are all such inspiring passionate voices in our generation. I hope everyone will enjoy it as much as we loved making it. - Laxcha Thebe Bantawa (Director of Yatri)


ENJOY. Rape the replay button.

Nepal To Help Japan

Best Blogger Tips
Japan has been recieving international aid and support after the recent earthquake-tsunami that has taken the lives of over 9800 and affected over 17,000. Whilst Western nations are sending hoardes of rescue teams and supplies, Nepal has stepped in to help Japan. The government will provide 5000 pieces of blankets for the victims in need.

Several affected Nepali's living in Japan have spoken out against the lack of facilitation by the Nepalese Embassy in Japan. What is happening in terms of the slow response from the embassy officials is one out of many questions to be raised. However, Foreign Secretary Madan Kumar Bhattarai has stated:
The government has prioritized rescuing the Nepali people in Gulf countries like Libya and Kuwait who are under threat due to political unrest there and it has been working accordingly.

Here is a personal account from a Nepali living in Japan regarding his experience of the earthquake and the Nepali Embassy. Post the earthquake in Japan, even Nepal has felt several tremors...I cannot imagine the magnitude of devastation that our country might face given an earthquake of such richter scale takes place. How prepared are you?

Where is Malvika?

Best Blogger Tips
If the thousands of Malvika Subba's friends on Facebook have been wondering where she has disappeared off to then here's the lowdown. Malvika is back to filming for Nabin Subba's Goodbye Kathmandu - Yes the same movie which I blogged about a good year ago. Heard this will be one of the better made movies out of the batch of ''better made movies''.  =]
Aside from filming I hear that Miss Subba is busy researching and trying to set up her very own apparel line. Guess we will hear soon from the horse's mouth.
 Image: Keshav Thoker

23 March 2011

Turn It OFF - Earth Hour: 26th March

Best Blogger Tips
The annual WWF-organized event Earth Hour is only few days away taking place on the 26th March where they want you to turn if off - your lights and everything from 8.30 PM for one hour. This is to raise awareness towards the need to take action on climate change. Now for the people in Nepal - I think the country has enough Earth HOURS everyday but to those living abroad... why not spare one hour. Even though Nepal faces electricity crisis people still take part in Earth Hour and below is the photo from the 2010 Earth Hour where many had gathered at Baudha stupa.

22 March 2011

Kailash Kher to Perform in Nepal!

Best Blogger Tips
NEWS DEVELOPING: JPR Events who brought Bryan Adams over to Nepal will be bringing over the Indian singing sensation Kailash Kher to Nepal for a Nepali New Years Eve Performance taking place at Hotel Soaltee Crowne Plaza where Nepali band Abhaya and the Steam Injunes will open the show; this has been confirmed by Samden Sherpa (event organiser). Those who attended the press meet on the 22nd March got to hear the live confirmation from Kailash Kher himself through a video call. The musical evening will be followed by a fashion show. I did hear that various Miss India's and Bollywood actress Jacqueline Fernandez will also arrive in Nepal soon to launch a jewellery line however there havent been any confirmation regarding that news.
Regarding the 'Shah Rukh

Monday, March 21, 2011

गोरखा दरबार सर्वसाधारणका लागि खुला


सात वर्षअघि दरबार हत्याकाण्ड भएकै दिन पारेर गोरखा दरबार सर्वसाधारणका लागि खुला भएको छ। यसअघि गोरखा दरबारमा सर्वसाधारणलाई पस्न दिइँदैन थियो। तर चार दिनअघि विधिवत् गणतन्त्र घोषणा भइसकेको देशमा यस्तो बन्देज किन लगाउन जरुरी थियो र। त्यसैले ऐतिहासिक गोरखा दरबार सर्वसाधारणका लागि खुला गरिएको हो।
आज बिहान नेकपा माअ‍ोवादीका अध्यक्ष प्रचण्डले दरबार परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएको साइनबोर्ड झुण्ड्याएर दरबार सर्वसाधारणका लागि खुला गरेका थिए।

दरबार सर्वसाधारणका लागि खुला गरिएपछि उनले नेपाल एकीकरणकर्ताका रुपमा राजा पृथ्वीनारायण शाहको प्रशंसा पनि गरे। उनकै कार्यकर्ताहरुले पृथ्वीनारायण शाहका शालिकहरु केही समयअघि ढालेका बेला उनले भने, देश पृथ्वीनारायण शाहले एकीकरण नगरेका भए गणतन्त्र पनि आउँदैन थियो। इतिहासका सकारात्मक पक्षको सम्मान गर्नुपर्ने पनि उनको कथन थियो।
यी सकारात्मक कुरा गोरखाबाट आए पनि सहमतिको राजनीति खोजिरहेको नेपालले असहमतिको अर्को संकेत पनि पाएको छ आजै। आजै प्रचण्डले भनेछन्, दुई तीन दिनभित्र हामीलाई सरकार हस्तान्तरण गरिएन भने हामी आन्दोलनमा जान्छौँ। उता, शान्तिमन्त्री रामचन्द्र पौडेलले काठमाडौँको कार्यक्रममा भनेछन्, माअ‍ोवादी नेतृत्व स्टालिन बन्न खोज्दैछ।
गणतन्त्र घोषणा भएपछि यो कस्तो असहमतिको राजनीति गर्न थालेका हुन् दलहरुले ? सबै मिलेर जानुपर्ने बेलामा फेरि यो आन्दोलनको धम्की, घुर्कीले देशलाई कहाँ पुर्‍याउला ?
उता, आजै नारायणहिटी दरबारको स्थिति बुझ्न गएको सरकारी टोलीले भनेछन्, दरबार हामीले बाहिरबाट हेर्दा जति सुरक्षित देख्छौँ, त्यस्तो हैन रहेछ। यहाँको भौतिक संरचना जीर्ण अवस्थामा छ। यी भूतपूर्व राजाहरुले त्यत्राविघ्न बजेट लिएर पनि आफै बस्ने दरबारलाई समेत राम्रो अवस्थामा राख्‍न सकेनछन् त्यसो भए ?

जापानका लागि प्रार्थना




जापानले आज ठूलो संकटको सामना गर्नुपरिरहेको छ। त्यो देशको इतिहासमा नै सबैभन्दा ठूलो ८ दशमलव ९ रेक्टर स्केलको भूकम्प र त्यसपछिको सुनामी अर्थात् समुद्री छालले विभिन्न प्रान्तका नगरका नगर भत्काउँदै बगाउँदै गरेको दृश्य अहिले विश्वभरका टेलिभिजन च्यानलहरुमा छाइरहेको छ। कयौँको मृत्यु भइसकेको छ, कयौँ हराइरहेका छन्। क्षतिको व्याकपतालाई हेर्दा पूर्ण विवरण आउन अझै कयौँ दिन लाग्ने जस्तो देखिन्छ।
जुन देशमा बसे पनि हामी आखिरमा मानव हौँ। एक ठाउँको मान्छेलाई कष्ट हुँदा, स‍ंकट पर्दा अर्को ठाउँको मान्छेलाई दुख्छ। यही हो मानवीयता। आउनुस्, हामी सबै जापान र त्यहाँका बासिन्दाहरुको भलो होस् भनी प्रार्थना गरौँ। तपाईँ जापानमा हुनुहुन्छ भने भूकम्पमा कस्तो अनुभव गर्नुभयो, लेख्‍नुहोला। साथमा जापानमा रहेका नेपालीहरु आफू ठीक रहेको बताउन र कसैको बारेमा जानकारी पाउन पनि हामी तलको कमेन्ट बक्सलाई प्रयोग गर्न सक्छौँ। यहाँ राखिएका सबै फोटो ट्विटपिकबाट लिइएका हुन्।



आज दिउँसो टेलिभिजन च्यानल चलाउँदै गर्दा सीएनएनमा ब्रेकिङ न्युज भनेर जापानमा ८.८ रेक्टर स्केलको भूकम्पको खबर थियो। त्यहीँ रोकिएँ। केही समयपछि ८.९ भनियो। त्यतिबेला भूकम्पमात्र गएको थियो र सुनामीको चेतावनी दिइँदै थियो। जापानको एनएचके टेलिभिजनको हेलिकप्टरबाट जसै दृश्य देखाउन थालियो, तब म लगायत सबै साथीहरु स्तब्ध भयौँ। हेर्दाहेर्दै सुनामीले जापानको समुद्र छेउका सहरहरुमा विध्वंश मच्चाउन थालिसकेको थियो।
ज्वालामुखी निस्केपछि जसरी आगो र खरानीको लाभा बग्दै गरेको देखिन्छ, त्यस्तै खालको दृश्य देखिँदै थियो। समुद्रको पानीमा माटो, हिलो, कार, ट्रक, घरहरु मिसिएर द्रुत गतिमा अघि बढिरहेको छालले ठूलो इलाकालाई छोप्दै थियो। खाली देखिएका खेतहरु एकैछिनमा त्यो फोहोरी छालले भरिसकेको हुन्थ्यो। त्यो छाल अगाडि बढ्दै गर्दा नजिकैको सडकमा कारहरु गुडिरहेको पनि देखिन्थ्यो। २०१२ फिल्ममा पनि यस्तै खालका दृश्य थिए, तर त्यो एनिमेसनबाट देखाइएको थियो। तर यो त वास्तविक घटना, त्यो पनि लाइभ !
सबभन्दा मार्मिक चाहिँ घरको माथिल्लो तल्लाबाट सेतो कपडा हल्लाएर उद्धारका लागि याचना गर्दै गरेको दृश्य थियो। त्यो अग्लो घरको चारैतिर सुनामीको पानी फैलिसकेको थियो। तेल प्रशोधन केन्द्रहरुमा आगो लागेका थिए, आणविक भट्टीहरुमा क्षति पुगेको भनिएको छ। अझै कयौँ देशमा त्यो महाभूकम्पको प्रभावबाट समुद्रमा उत्पन्न सुनामीको छालले प्रभाव पार्न सक्ने चेतावनी जारी गरिएको छ।












यस्तै हो सोल्टी हाम्रो नेपालाँ

By Bikash Grg,On 21 March 2011


कोक र फ्यान्टा बेच्ने पसलमा, फ्यान्टा कै जस्तो रंगको मिनरल वाटरको बोतलमा यो के बेच्न राख्‍या होला जस्तो लाग्यो तपाईँलाई ? यो पेट्रोल हो। सिराहाको लहानको एउटा किराना पसलमा आलु, प्याज, चामल, कोक, फ्यान्टा आदि खानेकुरामा मात्र हैन, यस्तो पेट्रोल पनि बेच्न राखिन्छ। यसरी मिनी पेट्रोल पम्प बनेको छ। पम्पमा किन्ने पेट्रोल भन्दा यहाँ किन्ने पेट्रोल महँगो भने हुन्छ।

इलाका प्रहारी कार्यालय लहानदेखि पाँच सय मिटर उत्तरमा यसरी खुलेआम कालाबजारी गर्दा समेत प्रहरी प्रशासन मौन बसेका छन्। सिराहाका पेट्रोल
पम्पहरुमा पेट्रोलको अभाव भएपनि यी पसलहरुमा भने कहिले पनि पेट्रोलको अभाव हुन्न। फोटोः सुभक महतो

वाह प्रधानमन्त्रीज्यु वाह, यस्तै बोलिराख्‍नुस्

By Bikash Gurung, on March 21- 2011

आलोचना सहँदा सहँदा छाला नै गैँडाको जस्तो भइसक्यो भन्ने बताउने हाम्रा प्रधानमन्त्री ज्यु माधवकुमार नेपाललाई सच्चा राष्ट्रवादीले प्रशंसा गर्नुपर्छ। किनभने उनले देशमा भइरहेको विदेशी हस्तक्षेपविरुद्ध चर्को अभिव्यक्ति दिएका छन्। बेलायतको फाइनान्सियल टाइम्स पत्रिकामा हिजो छापिएको अन्तर्वार्तामा उनले नेपाललाई उपनिवेश बनाउन नखोज भनी चेतावनी दिएका छन्। हाम्रा लागि कुनै पनि प्रभु छैनन् भन्दै उनले आफूहरुलाई निर्देशन, हस्तक्षेप र कुटनीतिक मर्यादा विपरीतको भाषा नस्वीकार्ने बताएका छन्। आफ्नो काममा मात्र चासो राख्‍न पनि उनले विदेशी कुटनीतिज्ञहरुलाई सुझाव दिएका छन्।

तर, प्रधानमन्त्रीज्युको मुखबाट आएको यो बोली भने पश्चिमी कुटनीतिज्ञप्रति मात्रै केन्द्रित छ। नराम्रो हैन, पक्कै राम्रो हो उनको अभिव्यक्ति। एउटा सार्वभौम देशलाई यसो गर वा उसो गर भनी दबाब दिनु, निर्देशन दिनु पक्कै उचित हैन।
यद्यपि, पश्चिमा कुटनीतिज्ञहरुले भन्दा बढी हस्तक्षेप, निर्देशन र दबाब छिमेकी देश भारतले दिइरहेको छ। भारतको हस्तक्षेपको विरोधमा पनि प्रधानमन्त्रीज्युले यस्तै बोलिदिनुभए त कति गौरव गर्थ्यौँ होला हामी सबै नेपालीले। तर भारतीय हस्तक्षेपको विरोधमा उहाँको एक शब्द पनि निस्कँदैन। भारतीय इच्छाविपरीत राष्ट्रिय सहमतिको सरकार बनाउन पश्चिमी कुटनीतिज्ञहरुले दिएको दबाबको विरोधमा आएको यो बोलीले उनको कुर्सीमोह कै संकेत देखाउँछ भनेर कसैले भन्यो भने होइन भन्ने आधार के होला हगि?

वाह, यस्तो पो देश!!

वाह, यस्तो पो देश!!



नेपालमा यदाकदा भन्ने गरिन्छ – मेचीलाई दुःख पर्दा महाकाली रुन्छिन्, रोल्पामा अकालमा मान्छे मर्दा काठमाडौँले आँसु झार्छिन्। तर यो विपतको घडीमा जापानीहरुले त्यो व्यवहारमा गरेर देखाएका छन्।
गएको शुक्रबार दिनको २.४६ मा जापानको इतिहास मै सबैभन्दा ठूलो ९.० रेक्टर स्केलको भूकम्प गएको कुरा विश्वलाई अवगत नै छ। त्यो भूकम्पले जमिन हल्लाएर निम्त्याएको विनाशको १० मिनेट पनि बित्न नपाउँदै चुनामीले तोहोकु जापानको बस्ती बस्ती निलेको दृश्य पनि संसारले प्रत्यक्ष हेरेकै हो। यो महाविनाशले लिएको ज्यानको संख्या गन्न नभ्याउँदै फेरि फुकुसिमा केनको आणविक भट्टीहरुमा ठूलाठूला विस्फोट भए। अनि त्यसैमा आएर अहिले संसारको ध्यान अडिएको छ।
विस्फोटसँगै अहिले लगभग २३० किमी जति टाढा रहेको राजधानी टोक्योमा विभिन्न खाले हल्लाहरु फिजिएका छन्। कोही भन्छन् टोक्योसम्म पनि विकिरणहरु आइसक्यो रे भागौँ, देशै फर्कौ; कोही भन्छन् खासै आत्तिनु पर्दैन सदाको जस्तै साधारण जिन्दगी ज्युँदा हुन्छ। जापान सरकारले २० किमी वरपरका बासिन्दाहरुलाई अन्यत्र जान अनि २० देखि ३० किमीभित्रकालाई घरभित्रै बस्न आग्रह गरेको छ। टोक्योस्थित अमेरिकी राजदुतावासले ५० माइल (८० किमी) वरपर विकिरणको खतरा रहेकोले त्यहाँ नजान आफ्ना नागरिकहरुलाई सूचित गराएको छ।

यस्तै अन्यौलबीच फ्रान्सले दुई वटा विशेष जहाज पठाई जापानबाट आफ्ना नागरिकहरु स्वदेश फिर्ता लगेको सुन्नमा आएको छ। मेरा एक जना तुर्किश साथीबाट बिहान प्राप्त इमेलका अनुसार उनीहरुलाई पनि बारम्बार आफ्नो राजदुताबासबाट फोन आइरहेको अनि सकेसम्म टोक्यो छाडेर जान सुझाव दिइएको थाहा भएको छ। यसरी टोक्योका करिब १ करोड २० लाख बासिन्दा के सत्य हो र के हल्ला मात्र हो भन्ने दोधारमा रुमल्लिएका छन्। आखिर जहाँ गए पनि हामी एउटै आकाश ओढ्छौँ, एउटै हावामा श्वास फेर्छौ, भाग्न त भाग्ने तर कहाँसम्म अनि कहिलेसम्म? – यस्तै अन्योल प्राय: सबैको आँखामा देखिन्छ।
टोक्यो नै सुरक्षित छ कि ओसाकासम्म गए हुने हो, जापान नै नछाडी नहुने हो कि- सबैको आ- आफ्नै तर्क र विचार छ। प्राय: गाइजिन (विदेशी) हरु आ-आफ्ना देशका लागि रवाना भै सकेका छन्, कोही जाने तरखरमा छन्।
तर यस्तो अन्यौलबीच बाचिरहेका टोक्योवासी जापानीहरुले भने विपतको समयमा पनि संयमले देशप्रेमको नमुना उजागर गरेका छन्। टोक्यो विद्युत प्राधिकरण (TEPCO) ले load shedding को दैनिक schedule निकाले पनि जनताले स्वस्फूर्त रुपमा विद्युत खपतमा कमी ल्याएकोले धेरैजसो ठाउँमा अहिलेसम्म load shedding गरिएको छैन। मान्छेहरुले Elevator र Escalator छाडेर सिढी चढिरहेका छन्। तोहोकुको महाविनाश सँगसँगै टोक्योबासीले खानेपानी, चाउचाउ, चामल, पाउरोटी लगायतका वस्तुहरु “स्टक” गरे पनि मिडियाले टोक्योमा आत्तिनु पर्दैन भने लगतै विस्तारै सामान पाउन थालिएको छ। तीन दिनको प्रयासपछि आज बल्ल मैले ५ किलो चामल र एक पोका दुध किने। तर नेपालमा जस्तो यहाँ न त वस्तुको मूल्य नै बढेको छ, न त कालो बजारी नै। बरु सेन्दाई र इवातेतिरको गाउँमा पेट्रोल बिक्रेताहरु भएका केही पेट्रोल र मट्टीतेल पीडितहरुलाई निःशुल्क वितरण गर्दैछन्।
साँच्चै तोहोकुलाई आपत पर्दा एउटा एउटा टोक्योबासीको मन रोएको यहाँ महसुस गर्न सकिन्छ। तोहोकुलाई सहयोग गर्न कलाकार, कर्मचारी, खेलाडी, विद्यार्थी र सर्वसाधारण लागि परेका छन्। Sandwich Man नामले प्रख्यात दुई जना गेनोजिन (कलाकार) टोक्योका मूल सडकमा चन्दा उठाउँदै छन्। यही महाभूकम्पले गर्दा थुप्रै विद्यालयहरु आफ्ना दीक्षान्त समारोह स्थगित गर्न बाध्य भएका थिए। तर ती विद्यालयहरु दीक्षान्त समारोहका लागि छुट्याइएका पैसाहरु भूकम्प र चुनामीपीडितहरुको लागि पठाउँदैछन्। जापानिज बेसबल स्टार दाइसुके मात्सुजाका चन्दा उठाउँदैछन् भने The Japanese Football Association (JFA) ले चाँडै नै न्युजिल्यान्डविरुद्ध च्यारिटी म्याच खेलाउने भएको छ। कर्मचारीहरु आफ्नै तरिकाले सरकारलाई सहयोग गर्न तत्पर छन्। यो हेर्नुस:
“What we, fortunate undamaged companies, must do is to PAY TAX. Japanese government is going to need enormous money. The amount of donation we individually offer won’t be much. But as corporate enterprise tax, we can offer over ten million yen at once. From now on, we have to make …even more efforts and increase our profit to pay large tax.”
आपतको बेला विदेशीहरु रि -इन्ट्री परमिट (Re -Entry Permit) लिन सिनागावाको इम्मिग्रेशन अफिस (Tokyo Immigration Office) मा लाम लागि रहँदा टोक्योबासी जापानिजहरु भने देशको घाउलाई आफ्नै घाउ सम्झी मलमपट्टि गर्न ब्यस्त छन्। पढ्न कै लागि भए पनि यस्तो देशमा आउन पाएकोमा मन गर्वले फुलेर आउँछ। अनि यहाँको देशबासीलाई देख्दा चिच्याएर भन्न मन लाग्छ – वाह, यस्तो पो देश!!

 
gin by wpburn.com wordpress themes

Friday, March 18, 2011

विद्यार्थी, शिक्षक र 'गुरुजीको लट्ठी'


त्यतिबेला म स्कूले विद्यार्थी थिएँ, जब 'गुरुजीको लट्ठी' को जन्म भयो।
पिरियडै पिच्छे फरक–फरक गुरुहरू पस्थे कक्षामा। सबैसँग होइन, तर केहीसँग लट्ठी हुन्थे, हातमा। जब कुनै विद्यार्थी बिना गृहकार्य उपस्थित हुन्थ्यो कक्षामा, उसले सहनुपर्थ्यो, त्यो लट्ठीको पिटाइ। गृहकार्य नगर्दा मात्र होइन, कक्षामा साथीसँग थोरै कुरा गर्दा पनि खानुपर्थ्यो कुटाइ, 'हल्ला' गरेको निहूँमा। हुन त गुरुहरूको पिटाइ खासै खानु परेन मैले। मैले पाएको कुनै सजायको याद पनि छैन। तैपनि सँगैका साथी जो उभिन्थे बेन्चमाथि गृहकार्य नबुझाएकै कारणले र पाउँथे नीलडाम हातमा, तिनको आँखामा टिल्पिलाएका आँसुले मेरो चित्त पनि दुखेकै हो। मेरो मन पनि रोएकै हो।



कक्षामा 'ज्ञानी' 'अनुशासित' 'आज्ञाकारी' कहलिएको म गल्ती नै गर्दा पनि सजायँ माफ पाउँथे, 'अर्कोपल्ट गल्ती नगर्नू' भन्ने निर्देशनका साथ। त्यही बेला लागेको हो मलाई, कसरी फरक भएँ म साथीहरूभन्दा? कसरी भिन्न भएँ म आफ्नै classmateहरूभन्दा? कसरी अलग्ग भएँ म? कसरी? अनि उठेँ जुरुक्क बेन्चमाथि र भनेँ 'सर, आज मेरा पनि कापी खाली छन्। आज मैले पनि होमवर्क गरेको छैन सर।'

त्यो हिजोको दिन थियो। म उभिएको थिएँ, हात थापेर बेन्चमाथि। गुरु उभिएका थिए हातमा लट्ठी बोकेर मेरा अघिल्तिर।

आज म शिक्षक (गुरु) भएको छु, बोर्डिङको। मेरा हातमा लट्ठी छन् र मेरा अघिल्तिर उभिएका छन् विद्यार्थीहरू हात थापेर, केबल गृहकार्य नगरेको अपराधमा र कक्षामा 'हल्ला' गरेर अनुशासनहीन काम गरेको आरोपमा।


इमान्दार त थिएँ नै। त्यसामाथि घोटिएर, जोतिएर काम गर्दागर्दै पनि एक दिन स्कूल प्रशासनबाट सुन्नुपर्‍यो 'तपाईँको क्लास कन्ट्रोल भएन।' एकछिन भाउन्न भयो। 'क्लास कन्ट्रोल गर्न के गर्नुपर्ला?' गम खाएँ, कुनै उपाय सुझेन। लगत्तै अर्को क्लास थियो, पसेँ। मेरा आँखा परिहाले, केही विद्यार्थी 'हल्ला' गर्नमै तल्लीन थिए। रिसको झोँकमा उठ्न लाएँ बेन्चमाथि, थाप्न लाएँ हात र पिटेँ लट्ठीले भटाभट। एकैछिन अघि होहल्लामय क्लासमा अचानक शान्ति छायो, मुर्दा शान्ति। एकछिन सन्तोष लाग्यो, क्लास कन्ट्रोल भएकोमा। तर एकैछिनमा खङ्ग्रङ्ग भएँ, जब मेरा आँखा मेरो सजाय पाएका विद्यार्थीका आँखामा परे। हात छाम्दै घोप्टो परेका उनीहरूका आँखामा आँसु सल्बलाइरहेको थियो। हात काँप्यो, लट्ठी खस्यो, अनि सेलायो जोश।



जब सामान्य (normal) भएँ, सोच्न थालेँ– 'किन बोक्छन् लट्ठी गुरुहरू? किन पाउँछन् सजाय विद्यार्थीहरू?'
मन नमान्दा नमान्दै मैले पनि विद्यार्थी कुटेकै हूँ। हात काँप्दा काँप्दै मैले पनि लट्ठी हानेकै हूँ।
तर अब म सक्दिनँ।
सक्दिनँ म विद्यार्थी कुट्न 'क्लास कन्ट्रोल' गर्नकै लागि।
सक्दिनँ म लट्ठी बोक्न 'जागिर' जोगाउनकै लागि।
नेपाली अक्षरहरू (युनिकोडमा) लेख्नको लागि यहाँ क्लिक गर्नुहोस् ।


पछिल्ला अपडेट नेपाली भाषाका ब्लगहरू

माथि, सूचीको अन्त्यमा रहेका केही ब्लगहरु नियमित अपडेट हुँदाहुँदै पनि फिड पत्ता लाग्न नसकेकोले वा अन्य कारणले ब्लगको नाम मात्र देखिएका छन्, पछिल्लो पोष्टको केही भाग र पोष्ट गरेको समय देखिएका छैनन् ।

तपाईंले पनि नेपाली भाषामा नियमित रुपले ब्लग गरिरहनुभएको छ भने ब्लगको ठेगाना anampustakalaya[at]gmail[dot]com मा पठाइदिनुहोला । ती ब्लगहरु यस सूचीमा समावेश गरिनेछन्, तर नेपाली बाहेक अन्य भाषाका पोष्टहरू धेरै भएका ब्लगहरू चाहिँ यहाँ समावेश गरिनेछैनन् ।

अनाम पुस्तकालयः एउटा नामविहीन अनौपचारिक पुस्तकालय