By Bikash Grg,On 21 March 2011

कोक र फ्यान्टा बेच्ने पसलमा, फ्यान्टा कै जस्तो रंगको मिनरल वाटरको बोतलमा यो के बेच्न राख्या होला जस्तो लाग्यो तपाईँलाई ? यो पेट्रोल हो। सिराहाको लहानको एउटा किराना पसलमा आलु, प्याज, चामल, कोक, फ्यान्टा आदि खानेकुरामा मात्र हैन, यस्तो पेट्रोल पनि बेच्न राखिन्छ। यसरी मिनी पेट्रोल पम्प बनेको छ। पम्पमा किन्ने पेट्रोल भन्दा यहाँ किन्ने पेट्रोल महँगो भने हुन्छ।

इलाका प्रहारी कार्यालय लहानदेखि पाँच सय मिटर उत्तरमा यसरी खुलेआम कालाबजारी गर्दा समेत प्रहरी प्रशासन मौन बसेका छन्। सिराहाका पेट्रोल
पम्पहरुमा पेट्रोलको अभाव भएपनि यी पसलहरुमा भने कहिले पनि पेट्रोलको अभाव हुन्न। फोटोः सुभक महतो

No comments:
Post a Comment