Monday, March 21, 2011

वाह प्रधानमन्त्रीज्यु वाह, यस्तै बोलिराख्‍नुस्

By Bikash Gurung, on March 21- 2011

आलोचना सहँदा सहँदा छाला नै गैँडाको जस्तो भइसक्यो भन्ने बताउने हाम्रा प्रधानमन्त्री ज्यु माधवकुमार नेपाललाई सच्चा राष्ट्रवादीले प्रशंसा गर्नुपर्छ। किनभने उनले देशमा भइरहेको विदेशी हस्तक्षेपविरुद्ध चर्को अभिव्यक्ति दिएका छन्। बेलायतको फाइनान्सियल टाइम्स पत्रिकामा हिजो छापिएको अन्तर्वार्तामा उनले नेपाललाई उपनिवेश बनाउन नखोज भनी चेतावनी दिएका छन्। हाम्रा लागि कुनै पनि प्रभु छैनन् भन्दै उनले आफूहरुलाई निर्देशन, हस्तक्षेप र कुटनीतिक मर्यादा विपरीतको भाषा नस्वीकार्ने बताएका छन्। आफ्नो काममा मात्र चासो राख्‍न पनि उनले विदेशी कुटनीतिज्ञहरुलाई सुझाव दिएका छन्।

तर, प्रधानमन्त्रीज्युको मुखबाट आएको यो बोली भने पश्चिमी कुटनीतिज्ञप्रति मात्रै केन्द्रित छ। नराम्रो हैन, पक्कै राम्रो हो उनको अभिव्यक्ति। एउटा सार्वभौम देशलाई यसो गर वा उसो गर भनी दबाब दिनु, निर्देशन दिनु पक्कै उचित हैन।
यद्यपि, पश्चिमा कुटनीतिज्ञहरुले भन्दा बढी हस्तक्षेप, निर्देशन र दबाब छिमेकी देश भारतले दिइरहेको छ। भारतको हस्तक्षेपको विरोधमा पनि प्रधानमन्त्रीज्युले यस्तै बोलिदिनुभए त कति गौरव गर्थ्यौँ होला हामी सबै नेपालीले। तर भारतीय हस्तक्षेपको विरोधमा उहाँको एक शब्द पनि निस्कँदैन। भारतीय इच्छाविपरीत राष्ट्रिय सहमतिको सरकार बनाउन पश्चिमी कुटनीतिज्ञहरुले दिएको दबाबको विरोधमा आएको यो बोलीले उनको कुर्सीमोह कै संकेत देखाउँछ भनेर कसैले भन्यो भने होइन भन्ने आधार के होला हगि?

No comments:

Post a Comment