
अप्ठेरोमा हात दिने कुरा गरेँ
एक्लोपनमा साथ दिने कुरा गरेँ
जंघारहरू सँगै तर्ने कुरा गरेँ
लामो यात्रा सँगै गर्ने कुरा गरेँ
र
तिमी भन्छ्यौ मैले मायाको कुरै गरिनँ ।
तिमीले आलिङ्गनका कुरा गर्यौ
चुम्बनका कुरा गर्यौ
अनि स्पर्शका कुरा गर्यौ ।
भन,
तिमीले मायाका कुरा कहाँ गर्यौ ?

छाडेर आमाको काख
तिम्रो अँगालोमा आफूलाई बेर्न म सक्दिनँ
बनाएर तिमीलाई खुसी
आमाको मुहारमा उदासी हेर्न म सक्दिनँ
र त
सबै साथ साथ बढ्ने कुरा गरेँ
अग्ला चुलीहरू सँगै चढ्ने कुराँ गरेँ
र
तिमी भन्छ्यौ मैले मायाको कुरै गरिनँ ।
तिमीले भएका सम्बन्धहरू
तोड्ने कुरा गर्यौ
तिमीसँग नाता गाँस्न
आफ्नालाई छोड्ने कुरा गर्यौ
भन
तिमीले कहाँ मायाका कुरा गर्यौ ?
No comments:
Post a Comment