नघटेको भन्दिनँ
अन्धकार हटेकै हो
नहटेको भन्दिनँ
तैपनि,
लड्दालड्दै अँध्यारोसँग
अडिइहाल्ने बेला होइन यो मित्र
आकाशलाई ढाकेको बादल
फाट्न बाँकी नै छ
धरतीलाई छोपेको कुहिरो
हट्न बाँकी नै छ ।
रक्तिम किरणले अन्धकार पछार्नै
लागेको बेला
लामो निद्राबाट ब्यूँझी जुर्मुराउँदै
जागेका बेला
रात ढलेकै हो
नढलेका भन्दिनँ
तारा झरेकै हो
नझरेको भन्दिनँ
तैपनि,
गाउँदागाउँदै उज्यालोको गीत
रोकिइहाल्ने बेला होइन यो मित्र
अझै बिहान हुन बाँकी नै छ
भालेको डाक सुन्न बाँकी नै छ ।
पाखामा रक्ताम्ये लाली गुराँस
फुलेका बेला
घामको स्वागतमा मुस्काउँदै
सूर्यमुखी झुलेका बेला
फूल फुलेकै हो
नफुलेको भन्दिनँ
पुतली डुलेकै हो
नडुलेको भन्दिनँ
तैपनि,
जुध्दाजुध्दै शिशिरसँग
थामिइहाल्ने बेला होइन यो मित्र
कोइलीले गाउन बाँकी नै छ
वसन्त आउन बाँकी नै छ ।
अन्धकार हटेकै हो
नहटेको भन्दिनँ
तैपनि,
लड्दालड्दै अँध्यारोसँग
अडिइहाल्ने बेला होइन यो मित्र
आकाशलाई ढाकेको बादल
फाट्न बाँकी नै छ
धरतीलाई छोपेको कुहिरो
हट्न बाँकी नै छ ।
रक्तिम किरणले अन्धकार पछार्नै
लागेको बेला
लामो निद्राबाट ब्यूँझी जुर्मुराउँदै
जागेका बेला
रात ढलेकै हो
नढलेका भन्दिनँ
तारा झरेकै हो
नझरेको भन्दिनँ
तैपनि,
गाउँदागाउँदै उज्यालोको गीत
रोकिइहाल्ने बेला होइन यो मित्र
अझै बिहान हुन बाँकी नै छ
भालेको डाक सुन्न बाँकी नै छ ।
पाखामा रक्ताम्ये लाली गुराँस
फुलेका बेला
घामको स्वागतमा मुस्काउँदै
सूर्यमुखी झुलेका बेला
फूल फुलेकै हो
नफुलेको भन्दिनँ
पुतली डुलेकै हो
नडुलेको भन्दिनँ
तैपनि,
जुध्दाजुध्दै शिशिरसँग
थामिइहाल्ने बेला होइन यो मित्र
कोइलीले गाउन बाँकी नै छ
वसन्त आउन बाँकी नै छ ।
This comment has been removed by a blog administrator.
ReplyDeletekasko archive copy gare ra maile??????mitra?
ReplyDelete